आहा! रारा गोल्डकपमा दोस्रो सेमिफाइनल: आभा क्लब र जावलाखेल भिड्दै
सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जीत निकाल्दै सहारा क्लब फाइनलमा
पाेखरा | फागुन ७, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालामा दोस्रो सेमिफाइनल खेल अन्तर्गत आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका हुन् ।
आभा फुटबल क्लबले क्वाटरफाइनलमा प्लानिङ् ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दै आभा क्लबले सेमिफाइनलमा स्थान बनाएको हो ।
यस्तै जावलाखेलले एपिआई पावर चर्च ब्वाइजलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
बुधबार भएको खेलमा आयोजक सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जीत निकाल्दै सहारा क्लब फाइनलमा पुगिसकेको छ ।
यो जीतसँगै सहारा क्लब ९ वर्षपछि फाइनलमा पुगेको हो । यसअघि सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो ।
प्रतियोगिताको फाइनल खेल भने आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

